少数族裔人士支援服务

अल्पसंख्यक जातीयहरूको लागि सहयोग गर्ने सेवा केन्द्रहरू

सूचना

मतदाताको रूपमा दर्ता गर्न

यदि तपाईलेनिम्न मापदण्डहरु पूरा गर्नुहुन्छ भने तपाई मतदाताको रुपमा दर्ताहुन योग्य हुन ुहुन्छ:

  • 18 वर्ष वा सो भन्दा माथि उमेरपुगेको;
  • हङकङ स्थायी निवासी; र
  • सामान्यत्या हङकङमा बसोबास ग रिराख्नु भएको छ ।

आवेदनको अ न्तिम म्याद

नयाँ दर्ता: 2 जून 2026

विवरण प रिवर्तन बारे रिपोर्टगर्न: 2 जून 2026

(आवास विभाग (हाउजिङ डिपार्टमेन्ट) अन्तर्गत सार्वजनिक भाडा आवासमा बसोबास गर्ने अधिकार प्राप्त व्यक्तिहरू वा हङकङ हाउजिङ सोसाइटी अन्तर्गत सब्सिडी प्राप्त भाडा आवासको सम्झौता पत्रमा दर्ता भएका बासिन्दाहरू बाहेकका व्यक्तिहरूले नयाँ दर्ता वा दर्ता ठेगाना परिवर्तन गर्नको लागि आवेदनहरू पेश गर्दा ठेगाना प्रमाणहरूको आवश्यक पर्दछ र उनीहरूद्वारा उपलब्ध गराइएका आवासीय ठेगानासँगसम्झौता पत्रमा लेखिएका ठेगाना मिल्नुपर्दछ।)

ठेगाना प्रमाणित गर्नआवश्यकता हेर्नुहोस्: www.reo.gov.hk/en/voter/ap.htm

आवेदन फारमहरु निम्न स्थानहरुमा उपलब्ध छन्:

अल्पसंख्यक जा तीयहरुको लागि समर्थन सेवा के न्द्रहरु

  • होप सेन्टर HOPE Centre (Wanchai)
  • चियर सेन्टरCHEER Centre (Kwun Tong)
  • होम सेन्टरHOME Centre (Yau Tsim Mong)
  • होम सब-सेन्टरHOME Sub-centre (Sham Shui Po)
  • ड्रीम सेन्टर DREAM Centre (Kowloon City)
  • लिक सेन्टर ं LINK Centre (Kwai Tsing)
  • वान सेन्टरONE Centre (Tuen Mun)
  • YLTH सेन्टरYLTH Centre (Yuen Long)
  • टच सब-सेन्टरTOUCH Sub-centre (Tung Chung)
  • आइडिया सेन्टर IDEA Centre (Sha Tin)

सरकारी तथा अन्य कार्यालयहरु

  • दर्ता तथा निर्वाचन कार्यालय (REO)
  • सार्वजनिक आवास एस्टे टहरुको जिल्ला कार्यालयहरु तथा व्यवस्थापन कार्यालयहरु
  • मतदाता दर्तावेबसाइटबाट आवेदन फारमहरु पनि डाउनलोड गर्नसकिन्छ (vr.gov.hk)

फारमहरु ब ुझाउने माध्य

पूरा भ रिएको र हस्ताक्षर गरिएको आवेदन फारम REO लाई पठाउ न सकिन्छ:

  1. पत्राचारद्वारा (ठेगाना: 29/F, Standard Chartered Tower, Millennium City 1, 388 Kwun Tong Road, Kwun Tong, Kowloon);
  2. फ्याक्सद्वारा (फ्याक्स नम्बर: 2891 1180);
  3. ईमेलद्वारा(ईमेलठेगाना: form@reo.gov.hk); वा
  4. दर्ता तथा निर्वाचन कार्यालयको अनलाइन अपलोड प्लेटफर्म (www.reo-form.gov.hk) मा स्क्या न गरिएको प्रतिलिपि र ठेगानाको प्रमाण अपलोड गर्नसक्नुहुन्छ ।

योग्य व्यक्तिहरूले 'iAM Smart' मोबाइल एप (www.reo.gov.hk/video/voter/GCVRguideEN.mp4) वा अनलाइन प्लेटफर्म (https://eform.cefs.gov.hk/form/vre001/en/) मार्फत 'iAM Smart+' प्रयोग गरेरभौगोलिक निर्वाचन क्षेत्रकोमतदाताको रूपमा नयाँदर्ताका लागि आवेदनहरू पनि पेशगर्नसक्छन्।

मतदाताहरुले सत्य र सही जानकारी प्रदा न गर्नुपर्दछ । निर्वाचन मामिला आयोग नियमावली अन्तर्गत कुनै व्यक्तिले जानीजानी वा लापरवाहीपू र्वक मतदाता दर्ताको लागि गलत वा भ्रामक जानकारीहरु (उदाहरणको ला गि गलत आवासीय ठेगाना) दर्ता तथा निर्वाचन कार्यालयमा उपलब्ध गराएमा सो व्यक्तिले अपराध गरेको ठहरिने छ, र य दि उक्त व्यक्तिले निर्वाचनमा मतदान गर्छ भने, उसले/उनले निर्वाचन (भ्रष्टाचार र अवै ध आचरण)अध्यादेश(क्याप. 554) पनि उल्लंघन गर्नेछ ।

सोधपुछ

यदि तपाई चिनियाँ वा अंग्रेजी दवै भा ु षा बोल्नुहुन्न र REO सँग म तदाता दर्ताको सम्बन्धमा सोधपुछ गर्न चाहनुहुन्छ भने, तपाईले CHEER को फो न मार्फत नि:शुल्क दोभा षे सेवाको सहयोगलिन सक्नुहुन्छ। तपाईले CHEER को दोभाषेलाई REO को का र्यालय सञ्चालन अवधि बिहानको 8:45 बजे दे खि बेलुकाको6 बजे सम्म सोमबार दे खि शुक्रबार(सार्वजनिक बिदाहरु बाहेक) कन्फ्रे न्स कलद्वारा REO को अ धिकारीसँग सोधपुछ गर्नREO को सो धपुछ हटलाइन (2891 1001) मा सम्प र्क गर्न अनुरोध गर्न सक्नुहुन्छ । कन्फ्रे न्स कलमा जोडिएपछि, तपाईले REO को अ धिकारीसँग CHEER को दोभाष े मार्फत सिधा कु रा गर्नसक्नुहुन्छ ।

CHEER को ह टलाइन नम्बरहरु निम्नानुसार छन:्

भाषा हटलाईन नं
बहासा ईन्डोनेशिया 3755 6811
नेपाली 3755 6822
उर्दू 3755 6833
पन्जाबी 3755 6844
तागालोग 3755 6855
थाई 3755 6866
हिन्दी 3755 6877
भियतनामी 3755 6888